४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

दूधको दुईथरि मूल्य सिफारिस

दूधको दुईथरि मूल्य सिफारिस
अ+ अ-

काठमाडौं । प्रशोधित दूधको मूल्य मौसमका आधारमा दुईथरि कायम गर्न सिफारिस गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले आइतबार दूधको मूल्य सिफारिस गरेको हो। दूध बढी उत्पादन हुने र कम उत्पादन हुने मौसमका लागि छुट्टाछुट्टै मूल्य सिफारिस गरिएको छ।

दूध कम उत्पादन हुने मौसम (लिन सिजन)मा हाल कायम मूल्यमा प्रतिलिटर १० रुपैयाँ थप्ने र अत्यधिक उत्पादन हुने मौसम (फ्लस सिजन) मा प्रतिलिटर ६ रुपैयाँ थप्न कार्यदलले मन्त्रालयलाई सिफारिस गरेको छ। चैतदेखि भदौसम्मको समयलाई लिन समय भनिन्छ। असोजदेखि फागुनसम्मको अवधिलाई फ्लस भनिन्छ।

मन्त्रालयले दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोकजत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदललाई किसानको फाइदा, उपभोक्ताको फाइदा, अत्यधिक उत्पादन हुने समय, कम उत्पादन हुने समय, गुणस्तर, उत्पादन लागत, अन्तर्राष्ट्रिय बजार, मूल्य वृद्धिको प्रभाव, दूध उत्पादनमा मौसमी प्रभावलगायत आधारमा किसान मूल्य सिफारिस गर्न जिम्मेवारी दिइएको थियो।

‘मौसमअनुसार हुने लागतका आधारमा दुईथरि मूल्य सिफारिस गरिएको छ’, कार्यदलका एक सदस्यले भने,‘ विभागीयमन्त्री चक्रपाणि खनाल अनुपस्थित हुँदा आइतबार टुंगो लागेन। सोमबार टुंगो लाग्छ।’

कार्यदलका ती सदस्यका अनुसार दुई प्रकारको मूल्य प्रणालीका कारण उपभोक्ता र उद्योगलाई पनि बढी आर्थिक भार नपर्ने र किसानले पनि लागत खर्चअनुसार उचित मूल्य पाउने अपेक्षा गरिएको छ। वृद्धि हुने दूधको मूल्यमध्ये ६९ प्रतिशत किसान र ३१ प्रतिशत उद्योगलाई उपलब्ध गराउने व्यवस्था छ।


पशुपालक किसानले दाना, गाईभैंसी, गोठ व्यवस्थापन र कामदारको मासिक पारि श्रमिक वृद्धि भएको भन्दै लागत खर्चअनुसार मूल्य वृद्धि गर्नुपर्ने माग गर्दै आएका छन्। किसानको लागत खर्चअनुसार मूल्य वृद्धि नहुँदा घाटा खाएका किसान दूध उत्पादन पेसाबाट पलायन हुँदै गएकाले सरकारले दूधको मूल्य समायोजन गर्न लागेको हो।

उद्योगीका अनुसार पछिल्लो समयमा दूधको मूल्य समायोजन नहुँदा दूध प्रशोधन गर्ने उद्योगसमेत मारमा परेका थिए। पछिल्लो दुई वर्षयता दूधको मूल्य बढेको छैन। यसले गर्दा उद्योगको हकमा प्रतिलिटरमा पाँच रुपैयाँ घाटा लागिरहेको उद्योगीको दाबी छ। सीताराम ब्रान्डमा दूध उत्पादन गरिरहेको गोकुल मिल्क मिल्सका सञ्चालक सुमित केडियाका अनुसार पछिल्लो समय सरकारले श्रमिकको हकमा लागू गरेको न्यूनतम तलब, समाजिक सुरक्षा, विद्युत् र डिजेलको मूल्य वृद्धि भए पनि दूधको बढेको छैन।

मूल्य बढाउनु चुनौतीपूर्ण

सर्वसाधारण उपभोक्ता हालको मूल्यमा पनि दूध किनेर खाने सक्ने अवस्थामा छैनन्। यस्तो अवस्थामा मूल्य बढाउनु सरकार र उपभोक्ताका लागि निकै चुनौतीपूर्ण हुनेछ। दूधको लागत खर्च अत्यधिक भए पनि सरकार खर्च घटाउन असफल भएको छ। दूधको मूल्य वृद्धि हुँदा उपभोक्ताको टाउकोमा थप आर्थिक भार थपिएर दूध नै उपभोग गर्न नसक्ने अवस्था आउन सक्ने जोखिम हुँदा हुँदै पनि लागत खर्च घटाउन सरकार उदासीन बनेको छ।

दूधको लागत मूल्य वृद्धि हुनुमा सबैभन्दा ठूलो हिस्सा पशु आहारालाई मानिन्छ। पशु आहारामध्ये दानामै करिब ६० प्रतिशत लगानी लगाउनुपर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास महाशाखाका प्रमुख तथा सहसचिव डा।विमल निर्मलका अनुसार पर्याप्त परिमाणमा घाँस उत्पादन गर्न सकिए र मकैको पातबाट साइलेज बनाएर गाईभैसीलाई खुवाउन सकिएको अवस्थामा लागत खर्चमा झण्डै ६० प्रतिशत मूल्य घटाउन सकिन्छ।

यसका साथै उन्नत जातको (अत्यधिक दूध दिने)गाईभैंसीपालन गर्न सकिए लागत खर्च घटाउन सकिने निर्मले जानकारी दिए। नेपालमा भैंसीले औसत पाँच लिटर र गाईले १० लिटर दूध दिन्छ। भारतसहित तेस्रो मुलुकको भैंसीले १५ लिटर र गाईले ३० लिटरसम्म दिने क्षमताको छ। यसबाहेक नेपालमा उत्पादन हुने दूधको कुल परिमाणमध्ये झण्डै ७० प्रतिशत भैंसीको दूधको हिस्सा छ। तर पछिल्लो केही वर्षदेखि भैंसीको उत्पादनमा वृद्धि नहुनु र मासु प्रयोजनमा भैंसी काटिनुले पनि दूध उत्पादनमा कमी आएको उनको भनाइ छ।

सरकारले लागत खर्च घटाउन आव २०६९/७० देखि २०७४/७५ सम्म फोरेज मिसन कार्यक्रम सञ्चालनमा ल्याएको थियो। यो मिसनले ३३ प्रतिशतका दरले अभाव रहेको पशु आहाराको दरलाई १७ प्रतिशतमा झारे पनि लागत मूल्य घटेको छैन।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।