४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

६० ले पाए सहुलियत ब्याजको शैक्षिक कर्जा

६० ले पाए सहुलियत ब्याजको शैक्षिक कर्जा
अ+ अ-

काठमाडौँ । सहुलियत ब्याजदरको उच्च तथा प्राविधिक व्यावसायिक शिक्षा कर्जा ६० जनाले प्राप्त गरेका छन । गत असारसम्म वाणिज्य बैंकहरूले यो शिर्षकमा लगानी गरेको कर्जा हो ।

उक्त अवधिमा वाणिज्य बैंकहरूले ५९ र विकास बैंकले एक जना गरी ६० जनाले उक्त कर्जा पाएका छन् । ती ऋणीका लागि १ करोड ७३ लाख ६६ हजार रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ । स्वीकृत कर्जामध्ये १ करोड ४४ लाख ९० हजार रुपैयाँ प्रवाह भइरहेको राष्ट्र बैंकको तथ्यांक छ ।

असारसम्म स्वीकृत कर्जामध्ये १ करोड ६८ लाख ६६ हजार रुपैयाँ वाणिज्य बैंकहरूको मात्र छ । विकास बैंकहरूबाट ५ लाख रुपैयाँको एउटा कर्जा मात्र स्वीकृत भएको छ । फाइनान्स कम्पनीले यो शिर्षकमा कर्जा प्रवाह नै गरेका छैनन् ।

सरकारले गत आर्थिक वर्षदेखि शिक्षामा पनि सहुलियत ब्याजदरको ऋण कार्यक्रम ल्याएको हो । ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’ नामक उक्त कार्यक्रममा अपेक्षित रूपमा कर्जा प्रवाह नभए पनि बिस्तारै बढ्न थालेको सरोकारवाला बताउँछन् ।

यो कर्जा कार्यक्रमअन्तर्गत ऋणीले प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ । ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षको छ । कर्जाको अवधि व्यवसायको प्रकृतिअनुसार बैंक तथा वित्तीय संस्थाले तोक्न सक्ने छुट सरकारले दिएको छ । कार्यविधि ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा अधिकतम दुई प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था छ ।

‘उच्च र प्राविधिक तथा व्यावसायिक तथा व्यावसायिक शिक्षा कर्जा’ माध्यामिक शिक्षा वा सो सरह उतिर्ण गरी २५ वर्ष उमेर नाघेको नेपालीलाई प्रवाह गरिने कर्जा हो । यस्तो कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले सहुलियत दरको शिक्षा कर्जाका लागि आर्थिक रुपमा विपन्न, सिमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनुपर्नेछ । यस्तो कर्जाका लागि विद्यार्थीले स्वदेशकै कलेज वा विश्वविद्यालयमा अध्ययन गरेको वा गर्ने हुनुपर्नेछ । यसको अर्थ विदेशी कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्ने व्यक्तिले सहुलियत दरको कर्जा पाउदैनन् ।

‘उच्च र प्राविधिक र व्यावसायिक शिक्षा कर्जाको हकमा आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस र अध्ययन गर्ने शैक्षिक संस्थारप्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि हुनुपर्नेछ,’ सहुलियत ब्याजदरको कर्जासम्बन्धी कार्यविधिमा उल्लेख छ ।

यसअघि ग्राहकले नेपाल सरकारले ब्याज अनुदान प्रदान गर्ने प्रकृतिका अन्य कुनै पनि कर्जा सुविधा लिएको हुन नपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थाको शैक्षिक कर्जा करिब साढे ७ प्रतिशतले बढेको छ । यसको अर्थ ऋण लिएर अध्ययन गर्ने (स्वदेश र विदेशमा) प्रवृत्ति बढ्यो भन्ने हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत जेठसम्म बैंक तथा वित्तीय संस्थाले ४३ अर्ब १५ करोड रुपैयाँ शैक्षिक कर्जा प्रवाह गरेका छन् । जसमध्ये गएको ११ महिनामा थप १६ अर्ब रुपैयाँ शिक्षामा लगानी बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३५ अर्ब ६९ करोड रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्थाबाट सहज रूपमा शैक्षिक कर्जा नपाइने भएकाले स्वदेशमा अध्ययनका लागि यस्तो ऋण लिने ग्राहकको संख्या कम रहेको अर्का एक बैंकरले बताए ।

पछिल्ला केही वर्षयता अस्ट्रेलिया, जापान अमेरिकालगायत राष्ट्रमा जाने विद्यार्थी संख्या बढेको छ । खासगरी १२ र स्नातक पूरा गरेर जाने विद्यार्थीको संख्या बढ्दो छ ।

सन् २००५ देखि २००८ सम्म अत्यधिक मात्रामा नेपाली विद्यार्थी अस्ट्रेलिया अध्ययन गर्न गएका थिए । त्यसपछि अस्ट्रेलियाले विद्यार्थी भिसामा कडाइ गरेपछि त्यहाँ पढ्न जानेको संख्या घटेको थियो । सन् २०१२र१३ बाट फेरि अस्ट्रेलियाले खुकुलो नीति अपनाएको छ । यसकारण हरेक वर्ष त्यहाँ पढ्न जाने विद्यार्थीका संख्या बढ्न थालेको जनाइएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।