४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

रित्तिँदै दलित अभियन्ताको गाउँ

रित्तिँदै दलित अभियन्ताको गाउँ
अ+ अ-

बागलुङ । सदरमुकामदेखि ३० मिनेटको जिपयात्रामा गैह्रागाउँ पुगिन्छ । बागलुङ नगरपालिकाको चक्रपथछेवैको गाउँमा झन्डै ५० घर छन् । ३० वटा रित्ता र जीर्ण छन् ।
बसिरहेकाहरू पनि कहिले चितवनको योजना बुन्छन्, कहिले राजधानीको । कति बागलुङ बजारतिर झरेर बस्ने योजनामा छन् ।

बागलुङ नगरपालिका–७ को यो गाउँमा खेतीपाती राम्रो हुन्छ । तर धेरै खेतबारी बाँझै छ । गाईभैंसी पाल्ने चलन हरायो, त्यसैले मल छैन । ‘मल नभएपछि कृषिबाली उत्पादन हुँदैन’ ८० वर्षीय देवीराम विकले भने, ‘काम गर्ने युवा बस्दैनन्, बूढाबूढीले केही गर्न सकिंदैन ।’

दलित आन्दोलनका अगुवा भगत सर्वजितको जन्मस्थान यो गाउँमा दुई दशकअघिसम्म राम्रै चहलपहल थियो । युवा गाउँमै थिए । मकै, कोदो लगाएर खान पुर्‍याउँथे । अहिले कोही वैदेशिक रोजगारीमा निस्के, कोही सदरमुकाममा सुनचाँदीव्यवसाय गर्छन् । केही काठमाडौं पसिसके ।

दशकअघि राजधानी पसेका परशुराम विकले सुनचाँदी व्यवसायबाटै घर बनाए । उनको साथ लागेर धेरै युवा काठमाडौं बस्ने भइसके । यहाँकै मनीष खाती सदरमुकाममा सुनचाँदी व्यवसाय गर्छन् । उनले पनि गाउँ फर्कने चाहना मारिसके । पैसा कमाएपछि सबैले गाउँ बिर्सेको स्थानीय ओमबहादुर विश्वकर्माको गुनासो छ । ‘यो इतिहास बोकेको थलो हो तर बसिदिने कोही भएन,’ विकले भने, ‘भगत सर्वजित विश्वकर्माको गाउँ रित्तिन दिन हुँदैन ।’

दशकअघि यही खेतीपाती गरेर बसेका होमबहादुर विक, कुमबहादुर विक, गिरीबहादुर विक, लालबहादुर विकजस्ता १५ जनाका घर भत्कनै लागेका छन् । सहर पसेका युवा फर्काउन उद्योगधन्दा चलाउने, रोजगारी अवसर सिर्जना गर्ने वा मनोवैज्ञानिक रूपमा आकर्षण गर्ने संरचना अत्यावश्यक भइसकेको वडाध्यक्ष खगराज पाण्डेले बताए ।

‘युवालाई मन छुने वा पर्यटक भएर गाउँ आउने वातावरण चाहियो,’ उनले भने, ‘त्यसका लागि होमस्टे, कला–संस्कृति संरक्षणको थलो वा अन्य केही गन्तव्य बनाउनैपर्छ ।’ भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानले पाहुना भित्र्याउन संग्रहालयको अवधारणा ल्याएर काम थालेको उनको भनाइ छ ।

फलफूल र तरकारीसमेत मनग्गे फलाउन सकिने उक्त गाउँमा सिँचाइको आवश्यकता रहेको चन्द्रबहादुर विकले बताए । ‘अब नगरपालिकाले यो सिंगो भूगोललाई उत्पादनमुखी काममा लगाउनुपर्छ,’ उनले भने, ‘इतिहास बोकेको थलो चिनाउने काम गर्दा सबैले साथ दिन्छन् ।’ बागलुङ नगरपालिकाले भने ठोस कार्यक्रम बनाएको छैन ।

१९५० सालमा कालिमाटीमा जन्मेका विश्वकर्माले जातीय विभेदविरुद्ध पहिलोपटक आन्दोलन गरेका थिए । ‘युवा रोजगार कार्यक्रम, दलित छात्रवृत्ति कार्यक्रमहरू भगतको नामबाट गर्नुपर्थ्यो,’ विकले भने, ‘भगतको इतिहासलाई सम्बोधन गर्न खोजिएन ।’ भगतले अध्ययन गरेका ग्रन्थ, उनको जीवनशैली झल्कने वस्तु र कलाकौशल जोगाउन राज्यको लगानीको आवश्यकता उनले औंल्याए ।

भगतको घर पनि भत्कनै लागेको छ । प्रतिष्ठानले भने नमुना, पार्क र पदमार्गसमेत बनाउन सकिने योजना अगाडि सारेको छ । संग्रहालयसहितको योजना पूरा गर्न २ करोड ६० लाखको इस्टिमेट बनेको प्रतिष्ठानका महासचिव परशुराम विक बताउँछन् । भगतका नाति लालबहादुरले ४ आना जग्गा दान दिएर यो अभियानमा साथ दिन आग्रह गरेका छन् ।

दलित मुक्ति अभियानका लागि भगत सर्वजितले आफैं संस्कृत, वेद र पुराण अध्ययन गरेर परिवर्तनको प्रयास गरेका थिए । विश्वकर्मा भन्छन्, ‘उहाँ राष्ट्रिय विभूति हो ।’ शिक्षाको विकास गर्न २००७ सालमा भगतले खोलेकाले विद्यालयको नाम समेत विश्वकर्मा राखिएको छ । ‘धार्मिक ग्रन्थअनुसार विश्वकर्मा भनेको शिल्प ब्राहमण हो,’ विक भन्छन्, ‘२००७ सालमा हिक्मत सिंह, लक्ष्मीनारायण विश्वकर्मा, मनवीर विश्वकर्मा र रामशरण विश्वकर्माको साथ लिएर भगतले विद्यालय खोल्नुभएको हो ।’

विभेद चाहेकाहरूले त्यतिबेला उनको घरगोठ भत्काएका थिए । गाथगद्दी ताकेको आरोपमा भगतलाई तत्कालीन शासकले १७ महिनासम्म जेल हालेका थिए । विश्वकर्माले श्री ३ मोहनशमशेरसमक्ष आफ्नो वास्तविक माग राख्ने मौका पाएपछि जेलमुक्त गरिएको थियो ।

भारतबाट अध्ययन गरेर फर्केपछि १९९७ सालमा विश्वकर्माले ‘विश्व सर्वजन संघ’ नामक संस्था पनि खोलेका थिए । संस्थागत रूपमा आर्थिक उन्नतिका लागि श्रम शोषण र उत्पीडन हटाउन उनले अगुवाइ गरेका थिए । बालीघरे प्रथालाई परिमार्जन गर्न उनले जिन्सीको साटो नगद पाउनुपर्ने आवाज उठाएका थिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।