२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले पार्टी एकता गरेर गल्ती भयो भनेको छैन: अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले आफूले ‘पार्टी एकता नगरेको भए हुन्थ्यो’ भनेर नभनेको स्पष्ट गरेका छन् । उनले आफ्नो भनाईको अपव्याख्या गरिएको बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘मैले त्यसो भनेकै होइन । पार्टी एकता गरिसकेका हौं । अब विकल्प छैन भनेको हो । यसलाई मिडियामा अपब्याख्या गरियो ।’

आफू बोलेको सो कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल पनि रहेको र मिडियामा अपब्याख्या भएर आउँदा पौडेल पनि आश्चर्यमा परेको दाहालले सुनाएका हुन् । केही दिन अघि आफूले काठमाडौँमा एक कार्यक्रममा बोल्ने क्रममा ‘पार्टी एकता गर्नु गल्ती भयो’ भनेर आफूले भनेको भनेर प्रचार गरिएकोमा उनको सो भनाई रहेको थियो ।

दाहालले अब पार्टीभित्र ‘पूर्व माओवादी, पूर्व एमाले भनेर माथापच्ची गर्नुको अर्थ नरहेको धारणा पनि राखेका थिए । सोमबार पत्नी सीतासहित जनकपुर आएका प्रचण्डले सो धारणा राखेका हुन् । उनले ‘नेकपाको सरकार ५ वर्षसम्म रहने बताए । सोमबार जनकपुर विमानस्थलमा संवाददाताहरुसित कुरागर्दै प्रचण्डले भने, ‘सरकार ५ वर्ष जान्छ र प्रधानमन्त्री जी पनि समझदारीअनुसार चल्नुहुन्छ ।’

सम्वाददाताहरुले ओली सरकार कि नेकपालको सरकार पाँच वर्ष जान्छ भन्दा उनले भने– नेकपालको सरकार पाँच वर्ष चल्छ र ओलीजी समझदारीअनुसार चल्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । धनुषाको बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन दाहाल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसहित जनकपुर आएका हुन् ।