• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

अनुष्काको बिकिनी फोटो भाइरल, विराटले गरे यस्तो कमेन्ट्



अभिनेत्री अनुष्का शर्मा र क्रिकेट टीम इंडियाका कप्तान विराट कोहलीको सम्बन्ध पति–पत्नीको मात्रै होइन साथीको जस्तो पनि देखिने गरिन्छ । दुबैले सामाजिक संजालमा धेरै फोटोहरु हाल्ने गर्छन् । उनिहरु एक अर्काले हालेको फोटोमा समेत कमेन्ट गर्ने गर्दछन् । उनिहरुले गरेको कमेन्ट् नै बलिउड समाचारको हेडलाइन बन्ने नगरेको पनि होइन ।

यस्तै क्रममा सोमबार कोहलीले शर्माको बिकिनी फोटोमा गरेको कमेन्ट् फेरि भारतीय मिडियामा चर्चामा आएको छ।अनुष्का ले सोमबार एकबिकिनी फोटो समाजिक संजालमा हालेकी थिइन् । उनि समुन्द्र किनारमा बसिरहेको मुस्कुराइरहेको देखिन्छ। उक्त फोटोमा अनुष्काका पति कोहलीले विशेष कमेन्ट् गरेका छन्।

कोहलीले खासमा उक्त फोटोमा प्रेम स्माइलीको साथ एक हृदय इमोजी कमेन्ट् गरेका थिए । अनुष्काको यो फोटो लाखौं मानिसहरूले केही घण्टाम नै लाइक गरेका थिए।