५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पार्टी सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्छ: सभापति देउवा



अ+ अ-

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताका अधिकारहरु खोसेको आरोप लगाएका छन् ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा देउवाले मानवअधिकार आयोग, मिडिया काउन्सिल लगायतका विधेयकको विरोध गरे । उनले भने, ‘ अहिले सरकारले जनताका अधिकारहरु खोस्दैछ । मैले त पहिला नै भनेको थिए कि बोल्न पनि पाइँदैन भनेर ।’

उनले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताएउदैं आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने बताए । उनले सरकारका प्रजातन्त्रविरोधी कदमहरुको विरोधमा संसदमा संघर्ष गरिरहेको तर, कुनै पनि बेला सडक आन्दोलनमा आउनुपर्ने अवस्था रहेको बताए ।