२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पार्टी सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्छ: सभापति देउवा



अ+ अ-

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताका अधिकारहरु खोसेको आरोप लगाएका छन् ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा देउवाले मानवअधिकार आयोग, मिडिया काउन्सिल लगायतका विधेयकको विरोध गरे । उनले भने, ‘ अहिले सरकारले जनताका अधिकारहरु खोस्दैछ । मैले त पहिला नै भनेको थिए कि बोल्न पनि पाइँदैन भनेर ।’

उनले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताएउदैं आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने बताए । उनले सरकारका प्रजातन्त्रविरोधी कदमहरुको विरोधमा संसदमा संघर्ष गरिरहेको तर, कुनै पनि बेला सडक आन्दोलनमा आउनुपर्ने अवस्था रहेको बताए ।