२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिला झलनाथ खनालजीलाई अपमान गरियो,अहिले म अपमानित भएको छु: माधवकुमार नेपाल



अ+ अ-

जनकपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालले पार्टीभित्र आफु हेपिएको बताएका छन् । पार्टी एकता पछिको कार्य विभाजनमा असन्तुष्टि रहेका उनले सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले पहिला झलनाथ खनाललाई अपमान गरिएको र आफु अपमानित भएको बताएका हुन् । नेपालले भने, ‘पार्टी विधान र सिद्धान्त अनुरुप अघि बढ्नुपर्ने मेरो भनाई हो। यसका लागि संघर्ष गरिरहेको छु।’

माओवादी द्वन्द्व सुरु हुनु आगावै धनुषामा मारिएका तत्कालिन माओवादी नेता रामवृक्ष यादवको २५ औं स्मृतिसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सोमबार जनकपुर आएका हुन् । दुवै नेताले धनुषाको बरमझियामा आयोजना हुन लागेको स्मृतिसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।