५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिला झलनाथ खनालजीलाई अपमान गरियो,अहिले म अपमानित भएको छु: माधवकुमार नेपाल



अ+ अ-

जनकपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालले पार्टीभित्र आफु हेपिएको बताएका छन् । पार्टी एकता पछिको कार्य विभाजनमा असन्तुष्टि रहेका उनले सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले पहिला झलनाथ खनाललाई अपमान गरिएको र आफु अपमानित भएको बताएका हुन् । नेपालले भने, ‘पार्टी विधान र सिद्धान्त अनुरुप अघि बढ्नुपर्ने मेरो भनाई हो। यसका लागि संघर्ष गरिरहेको छु।’

माओवादी द्वन्द्व सुरु हुनु आगावै धनुषामा मारिएका तत्कालिन माओवादी नेता रामवृक्ष यादवको २५ औं स्मृतिसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सोमबार जनकपुर आएका हुन् । दुवै नेताले धनुषाको बरमझियामा आयोजना हुन लागेको स्मृतिसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।