५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोक्सीको नाममा दुर्व्यवहार गर्ने २ महिला पक्राउ



अ+ अ-

धनुषा । बोक्सीको आरोपमा महिलालाई दुर्व्यवहार गर्ने महोत्तरी भंगहाका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साझ घाँस काटदै गरेकी महिलालाई घरायसी विवादमा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएको जाहेरी आएपछि पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीले बताए ।

भंगहा नगरपालिका–४ की एक ३५ वर्षीया चन्दनदेवी दनुवारलाई कुटपिट गर्दै ४ जना स्थानीयले मलमूत्र खुवाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा आएपछि आफुहरुले त्यसमा एक्शन लिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । पीडित महिलालाई स्थानीय ३५ वर्षीया सवितादेवी सिंह, ३० वर्षीया इन्दुकुमारी दनुवार, ५० वर्षीया सुक्नी देवी र ५० वर्षीया सुकेश्वरी देवीले मलमूत्र खुवाउँदै कुटपिट गरेका थिए ।

मलमूत्र खुवाउने इन्दु र सुकेश्वरीलाई प्रहरीले शनिबार साँझ नै पक्राउ गरेको र अन्य दुई फरार भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए । पीडित महिलाको जिल्ला अस्पताल जलेश्वर, महोत्तरीमा उपचार भइरहेको छ ।