२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोक्सीको नाममा दुर्व्यवहार गर्ने २ महिला पक्राउ



अ+ अ-

धनुषा । बोक्सीको आरोपमा महिलालाई दुर्व्यवहार गर्ने महोत्तरी भंगहाका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साझ घाँस काटदै गरेकी महिलालाई घरायसी विवादमा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएको जाहेरी आएपछि पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीले बताए ।

भंगहा नगरपालिका–४ की एक ३५ वर्षीया चन्दनदेवी दनुवारलाई कुटपिट गर्दै ४ जना स्थानीयले मलमूत्र खुवाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा आएपछि आफुहरुले त्यसमा एक्शन लिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । पीडित महिलालाई स्थानीय ३५ वर्षीया सवितादेवी सिंह, ३० वर्षीया इन्दुकुमारी दनुवार, ५० वर्षीया सुक्नी देवी र ५० वर्षीया सुकेश्वरी देवीले मलमूत्र खुवाउँदै कुटपिट गरेका थिए ।

मलमूत्र खुवाउने इन्दु र सुकेश्वरीलाई प्रहरीले शनिबार साँझ नै पक्राउ गरेको र अन्य दुई फरार भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए । पीडित महिलाको जिल्ला अस्पताल जलेश्वर, महोत्तरीमा उपचार भइरहेको छ ।