काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन शुल्कवापतको कर तिर्न फिल्म हलहरुलाई १५ दिने अल्टिमेटम दिएको छ ।महानगरको राजस्व विभागले भदौ १७ गतेसम्मको समय दिएर सम्पर्कमा आउन हलहरुलाई सूचना जारी गरेको हो ।
काठमाडौं महानगरभित्र ४२ वटा सिनेमाघर छन् । जसमध्ये गएको बर्ष (आर्थिक वर्ष २०७५/०७६) मा ४ वटा हलले मात्र कर तिरेको राजस्व विभागका प्रमुख नुरनिधि न्यौपाने बताए ।
प्रदेश नं= ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम हलहरुले टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनु पर्छ ।
उनका अनुसार गएको बर्ष ४ वटा हलबाट मनोरञ्जन वापतको शुल्क १९ लाख रुपैयाँ संकलन भएको थियो ।