२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर तिर्न फिल्म हललाई १५ दिने अल्टिमेटम



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन शुल्कवापतको कर तिर्न फिल्म हलहरुलाई १५ दिने अल्टिमेटम दिएको छ ।महानगरको राजस्व विभागले भदौ १७ गतेसम्मको समय दिएर सम्पर्कमा आउन हलहरुलाई सूचना जारी गरेको हो ।

काठमाडौं महानगरभित्र ४२ वटा सिनेमाघर छन् । जसमध्ये गएको बर्ष (आर्थिक वर्ष २०७५/०७६) मा ४ वटा हलले मात्र कर तिरेको राजस्व विभागका प्रमुख नुरनिधि न्यौपाने बताए ।

प्रदेश नं= ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम हलहरुले टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनु पर्छ ।

उनका अनुसार गएको बर्ष ४ वटा हलबाट मनोरञ्जन वापतको शुल्क १९ लाख रुपैयाँ संकलन भएको थियो ।