२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहसचिव राई र आईजीपी खनालबीच कार्यसम्पादन २०७६ मा सम्झौता



अ+ अ-

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’को उपस्थितिमा गृह मन्त्रालयमा सोमबार आयोजित समारोहमा गृह सचिव प्रेम कुमार राईबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग कार्यसम्पादन सम्झौता, २०७६ मा हस्ताक्षर सम्पन्न भएको छ ।

गृह मन्त्री थापाले सम्झौताले आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्निपरीक्षा भएकोले उत्कृष्ट नतिजा ल्याउन खरो रुपमा उत्रिन संकल्प गर्नुपर्ने बताए । राज्यले लक्ष्य राखेको विकास र समृद्धि हासिल गर्न सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे ।

राज्यको लक्ष्य प्राप्ति र सुशासनलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । गृह मन्त्री थापाले सम्झौता हामीले गर्ने कामको एक विधिको साथै क्षमताको मूल्याङ्कनको आधार भएकोले राम्रो काम गरे राम्रो मूल्याङकन, बृत्तिविकास र नेतृत्व विकास हुने बताए ।