२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोनी हेगनको नाममा पार्क निर्माण हुने



अ+ अ-

हेटौँडा । हेटौँडामा भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा भ्यू टावरसहित पार्क निर्माण गरिने भएको छ । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा– १० टिसिएनमा पार्क निर्माण गरिने जनाएको छ । यहाँ निर्माणाधीन पानी ट्याङ्कीलाई मध्य पारेर सुन्दर पार्क निर्माण गरिने हेटौँडा उपमहनगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

हेटौँडा शहरकोे परिकल्पनाकार टोनी हेगनको नाममा पार्क निर्माण गर्न लागिएको उल्लेख गर्दै उनले स्थानीयवासीको सल्लाह सुझावका साथ अघि बढ्ने बताए । हेटौँडाको चर्चित पर्यटकीयस्थल शहीद स्मारकको डिजाइनर आशिष अधिकारीलाई नै यो पार्कको पनि डिजाइनको जिम्मा दिने बताउँदै नगरप्रमुख महतले भने, “उक्त स्थानमा सम्पूर्ण हेटाँैडाको दृश्यावलोकन गर्न मिल्ने भ्यू टावर पनि निर्माण गरिने छ ।”

पार्क निर्माणका लागि उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले समेत केही रकम छुट्याएको भन्दै नगरप्रमुख महतले बाँकी अपुग रकम उपमहानगरपालिकाले बेहोर्ने बताएका छन् ।