५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोनी हेगनको नाममा पार्क निर्माण हुने



अ+ अ-

हेटौँडा । हेटौँडामा भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा भ्यू टावरसहित पार्क निर्माण गरिने भएको छ । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा– १० टिसिएनमा पार्क निर्माण गरिने जनाएको छ । यहाँ निर्माणाधीन पानी ट्याङ्कीलाई मध्य पारेर सुन्दर पार्क निर्माण गरिने हेटौँडा उपमहनगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

हेटौँडा शहरकोे परिकल्पनाकार टोनी हेगनको नाममा पार्क निर्माण गर्न लागिएको उल्लेख गर्दै उनले स्थानीयवासीको सल्लाह सुझावका साथ अघि बढ्ने बताए । हेटौँडाको चर्चित पर्यटकीयस्थल शहीद स्मारकको डिजाइनर आशिष अधिकारीलाई नै यो पार्कको पनि डिजाइनको जिम्मा दिने बताउँदै नगरप्रमुख महतले भने, “उक्त स्थानमा सम्पूर्ण हेटाँैडाको दृश्यावलोकन गर्न मिल्ने भ्यू टावर पनि निर्माण गरिने छ ।”

पार्क निर्माणका लागि उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले समेत केही रकम छुट्याएको भन्दै नगरप्रमुख महतले बाँकी अपुग रकम उपमहानगरपालिकाले बेहोर्ने बताएका छन् ।