१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर

अतिक्रमणको जोखिममा घोडाघोडी ताल

अतिक्रमणको जोखिममा घोडाघोडी ताल
अ अ+ अ-

– प्रकाश मिश्र
घोडाघोडी । तराई क्षेत्रमा रहेका प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको घोडाघोडी ताल क्षेत्रको संरक्षण गर्न जरुरी भएको छ । दुर्लभ चराचुरुङ्गीले आराम गर्ने शान्त अनि, सुरक्षित बासस्थानको रूपमा रहेको कैलाली जिल्लामा अवस्थित यो ताल क्षेत्र पछिल्लो समय बढ्दो बसाइसराइको चापले दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गइरहेको छ । प्राकृतिक सम्पदाको दृष्टिले मात्र हैन यो तालले पर्यटकीय र धार्मिक पनि महत्व बोकेको छ ।

विश्वभरका एक हजार ३१४ वटा रामसार क्षेत्रमध्येको एक यो ताल क्षेत्रमा पाइने केही विशेष स्थानीय प्रजातिका माछा र पुतली अन्यत्र पाइँदैन । त्यसैले यहाँका सङ्कटापन्न जलचर, स्थलचर, जैविक विविधता र प्राकृतिक वातावरणको संरक्षणमा राज्यकै ध्यान पुग्नुपर्छ ।घोडाघोडी ताल सुदूरपश्चिम प्रदेशकै एक रमणीय ताल हो । पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित यो ताललाई एक प्रख्यात पर्यटकीय तथा धार्मिक गन्तव्यका रूपमा लिने गरिन्छ ।

घोडीको रूप धारण गरी लक्ष्मी तालमा आउनु भएपछि केही समयपछि विष्णु भगवान् समेत घोडाको रूप धारण गरी आएका कारण यस ताललाई घोडाघोडी भन्न थालिएको बताइन्छ । स्थानीय थारु भाषामा यस ताललाई त्यसै बेलादेखि घोडीघोडा ताल भन्न थालिएको हो । विस्तारै घोडीघोडालाई घोडाघोडी भन्न थालिएको बूढापाकाहरु बताउँछन् । यो तालको इतिहास थारू समुदायसँग गाँसिएको छ ।

स्थानीय किंवदन्तिअनुसार यो ताल सात वटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको हो र यस तालको आकार मानिसको हात जस्तै छ । विश्व जलचर इतिहासमा सङ्कटापन्न अवस्थामा पुगेका दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीहरूलाई यो तालले संरक्षण दिइरहेको पाइएपछि सन् २००३ अगस्त १३ गते विश्व रामसार सूचीमा सूचीकृत गरिएको हो । देश विदेशका संरक्षणविद् र अनुसन्धाताले यो क्षेत्रको विशेष रुचि लिने गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गको छेउमै पर्ने यो ताल समुद्री सतहदेखि २०५ मिटरको उचाइमा रहेको छ । करीब ४ मिटर औसत गहिराइ छ । घोडाघोडी ताल आसपासमा रहेका अन्य १९ वटा स–साना तालैतालले ओगटेको क्षेत्रफल मात्रै २४८ हेक्टर छ । घोडाघोडी सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल मात्र १३८ हेक्टर छ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर हो । आकाशबाट अवलोकन गर्दा एउटा तालको दृश्य टुङ्गिन नपाउँदै अर्को ताल देखापर्छ र तालैतालको मालाको आभाष दिन्छ ।

यो दुर्लभ प्रजातिका चराचुरुङ्गीहरुले आराम गर्ने संरक्षित क्षेत्र हो । यस क्षेत्रमा ४५० भन्दा बढी प्रजातिका वनस्पति, ३१ प्रजातिका माछा, २२६ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोंघी र सतही, सात प्रजातिका घस्रने जीवजन्तु, सतिसाल, साज, खयर लगायतको वनस्पति पाइने गरेको छ । तालको दक्षिण–पश्चिममा राजमार्ग किनारामा घोडाघोडी बाबाको मन्दिर रहेको छ । यस मन्दिरमा विवाह पञ्चमीको दिन स्थानीय थारु समुदायले धूमधामसँग पूजा गर्ने गर्दछन् ।

यस बेला मन्दिरमा परेवा, हाँस, कुखुरा, बोका र बगरको बलि चढाइने गरिन्छ । मन्दिरमा पुजारीका रूपमा थारु समुदायकै व्यक्ति रहने गर्दछन् । ल्वाङ्गी पूजा, मोहन्याल पूजा, कृष्णा अष्टमी, माघे सङ्क्रान्ति, शिवरात्रि र विवाह पञ्चमीका दिन यो क्षेत्रमा ठूला धार्मिक मेला लाग्छ । ताजा अध्ययनअनुसार यहाँ वनस्पति मात्र ४५० प्रजातिका पाइन्छ । बृहत् घोडाघोडी पर्यटन विकास बोर्डका कार्यकारी उपाध्यक्ष दयाराम चौधरीका अनुसार सालका प्रजातिमा निकै बहुमूल्य मानिने र औषधिका रूपमा पनि प्रयोगमा ल्याइने सतिसाल, साज, खयरको घना जङ्गल यहाँको विशेषता हो ।

विश्वमै दुर्लभ मानिने १४० प्रजातिका चरा, २९ स्थानीय जातका माछा, ३२ प्रजातिका पुतलीको सुरक्षित बासस्थान रहेको यस ठाउँ वरिपरिका बासिन्दाबाट नासिने डर भएकाले जनचेतना अभिवृद्धि, आर्थिक उपार्जनका लागि विभिन्न तालीम, शीप तथा आर्थिक सहयोग प्रदान गर्ने गरी कार्यक्रम अघि बढाइएको चौधरीले बताए । यहाँ पाइने मलाहा चिल, ओत, भूँडीफोर, माछा कुल चिल, सुन गोहोरो छेपारो, अजिङ्गर, ढोङ माछा र हरि हाँसको संरक्षणका लागि पहल भइरहेको पनि उनले बताए।

माघे सङ्क्रान्ति र शिवरात्रिमा यो क्षेत्रमा ठूला धार्मिक मेला लाग्ने कारण यहाँ धार्मिक पर्यटनको महत्व बढ्नु स्वाभाविक भएको घोडाघोडी मन्दिरका पुजारी शंकर आचार्य बताउछन् । संरक्षणका साथै प्रचारप्रसार हुन थालेपछि हिउँदमा साइबेरियन चराको अध्ययन गर्न र लोपोन्मुख विभिन्न जातिका जलचर, स्थलचर तथा जैविक विविधताको खोज र अध्ययन गर्न विभिन्न मुलुकका विज्ञ तथा पर्यटकहरू यहाँ आउने गरेका छन् ।

तालको पानी कौवा गाउँ र घोडाघोडी गाउँको करीब २०० हेक्टर कृषि भूमिमा सुख्खायाममा सिँचाइ गर्न प्रयोग गर्ने गरिएको वग्दौलि सिँचाइ आयोजनाका सचिव टेकराज आचार्यले जानकारी दिए । घोडाघोडी ताल र नकरोडी तालबाहेक अन्य स–साना तालमा माछा पाल्न शुरु गरिएको छ । ताल क्षेत्र नजीकको वन गाईवस्तुको चरन क्षेत्र हो । साथै वनले स्थानीय बासिन्दालाई काठ, दाउरा र घाँसपात प्रदान गर्दछ । सङ्कटापन्न अवस्थामा पुगेको सतही, मगरगोहीको संरक्षण गर्न तालको मध्य भागमा गोही प्रजनन केन्द्र स्थापना गरिएको छ ।

हिउँदमा चिसो छल्न साइबेरिया लगायतका क्षेत्रबाट आउने आगन्तुक र स्थानीय चराको प्रजनन कार्यका लागि ताल छेउ चरा प्रजनन केन्द्र निर्माण गरिएको पक्षी संरक्षण सङ्घका प्रतिनिधि हीरालाल डगौरा बताउछन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि ताल क्षेत्रमा घुम्न निजी क्षेत्रको लगानीमा डुङ्गाको व्यवस्था गरिएको छ । यस अतिरिक्त पर्यटकले यहाँ थारु समुदायका मौलिक परिकार पनि चाख्न पाउँछन् ।