१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर

संसद बैठक विशेष समय: सडक मर्मत र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डामा ध्यानाकर्षण

संसद बैठक विशेष समय:  सडक मर्मत र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डामा ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौं । सांसदहरुले समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीले विगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागवण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संघीय समाजवादी फोरमका सांसद प्रदिप यादवले लोकसेवा आयोगले निकालेको विज्ञापन संघीयताको मर्म र भावना विपरित रहेको भन्दै असमानता कायमै राख्ने हो भने मुलुकमा संघीयता के का लागि आयो भनी प्रश्न गरे । उनले आरक्षण बचाउ अभियान अन्तर्गतको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेकोमा गम्भीर आपत्ति जनाउँदै उनले अधिकारको लडाई जारी राख्ने चेतावनी समेत दिए ।

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी लगायतका मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत संभारको लागि सरकारको ध्यानाकर्षण गराए । सितापाईला–रामकोट–भीम ढुंगा सडक निर्माणको काम अघि नबढेको तथा चावहिल जोरपार्टी हुँदै बौद्ध जाने लगायत राजधानीका सडकहरुको अवस्था नाजुक रहेको भन्दै समयमै मर्मत कार्य गर्ने तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।

सांसद भीमसेन दास प्रधानले राष्ट्रिय शिक्षा आयोगको प्रातिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए । उनले विश्वविद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट नगरी बौद्धिकताको आधारमा गर्न मन्त्रालयको ध्यानाकर्षण गराए ।

राजपाका सांसद अमृता अग्रहरिले आफुहरुको माग सम्बोधन नगरे सरकार विरुद्ध सडकमा उत्रने चेतावनी दिए । गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक प्रतिबद्धता जाहेर गरेर पनि अहिले सम्म सार्वजनिक नभएको भन्दै उनले मुलुकमा विद्रोहलाई निम्ता दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद देव प्रसाद तिमिल्सिना जुम्लाको विद्युत् प्रसारण अवरुद्ध भएकोबारे सदनमा आवाज उठाउँदा पनि सम्बोधन नभएको उल्लेख गर्दै शक्तिशाली सरकारले सदनको आवाज नसुनेकोमा गम्भीर ध्यानाकर्षण गराए । उनले अविरल बर्षाका कारण बाढी र डुबानबाट सबैभन्दा बढी क्षति पुगेको रौतहटका जनताले एक ढिक्का नुन पनि नपाएको भन्दै यथाशिघ्र राहत र पुनस्र्थापनाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

नेकपाका सांसद मोहन बाँनियाले मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ३ को भवन र केन्द्रको बारेमा सांसद प्रकाश रसाईली स्नेहीर्ले गलत सूचना दिएको भन्दै आफ्नो भनाई फिर्ता लिन ध्यानाकर्षण गराए ।