१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध रुपमा चन्दा उठाउने २ जना पक्राउ



अ+ अ-

बर्दिया । अवैध रुपमा चन्दा उठाउने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गुलरिया ठाकुरबाबा नगरपालिका–३ बस्ने ३३ वर्षीय दिल बहादुर कठायत र बढैयाताल गाउँपालिका–४ बस्ने ३६ वर्षीय बिसोम्बर थारु रहेका छन्।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–५ मतङगा चोकबाट सोमबार अवैध रुपमा चन्दा उठाइरहेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरुको साथबाट काटेको चन्दा रसिदको ठेली १ थान, नकाटिएको ठेली ६ थान, सदस्यता पत्र २० थान, विभिन्न कमिटी गठन गरेको बुक १ थान, गाउँपालिका अन्तर्गत समूह गठन गरेको बुक १ थान, विभिन्न व्यक्तिबाट चन्दा उठाएको बुक १ थान र ४ हजार ३ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।