७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध रुपमा चन्दा उठाउने २ जना पक्राउ



अ+ अ-

बर्दिया । अवैध रुपमा चन्दा उठाउने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गुलरिया ठाकुरबाबा नगरपालिका–३ बस्ने ३३ वर्षीय दिल बहादुर कठायत र बढैयाताल गाउँपालिका–४ बस्ने ३६ वर्षीय बिसोम्बर थारु रहेका छन्।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–५ मतङगा चोकबाट सोमबार अवैध रुपमा चन्दा उठाइरहेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरुको साथबाट काटेको चन्दा रसिदको ठेली १ थान, नकाटिएको ठेली ६ थान, सदस्यता पत्र २० थान, विभिन्न कमिटी गठन गरेको बुक १ थान, गाउँपालिका अन्तर्गत समूह गठन गरेको बुक १ थान, विभिन्न व्यक्तिबाट चन्दा उठाएको बुक १ थान र ४ हजार ३ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।