५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक विद्यालय एक नर्स कार्यक्रम विस्तार



अ+ अ-

काठमाडौँ । स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा प्रभावकारी बन्दै गएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लाई प्रदेश नं ३ सरकारले आफ्ना सबै जिल्लामा विस्तार गरेको छ । सामाजिक विकास मन्त्रालयले सो कार्यक्रमअन्तर्गत १३ जिल्लाका १०१ स्थानीय तहमार्फत सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

यसअघि मन्त्रालयले सो कार्यक्रम केही विद्यालयमा कार्यान्वयनमा ल्याइसकेको छ । मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार यसपटक ती स्थानीय तहका १२१ विद्यालयमा नर्सको व्यवस्था गर्न इच्छुक उम्मेदवारको दरखास्त आह्वान गरेकोसमेत गरेको छ ।

सूचनाका अनुसार सिन्धुली आठ, रामेछाप सात, दोलखा आठ, सिन्धुपाल्चोक १०, काभ्रे १२, ललितपुर पाँच, भक्तपुर तीन, काठमाडौ नौ, नुवाकोट १०, रसुवा चार, धादिङ्ग ११, मकवानपुर आठ र चितवन ६ स्थानीय तहका एक विद्यालयमा नर्सको व्यवस्था गरिने छ ।

मन्त्रालयले चालू आर्थिक वर्षमा १२१ विद्यालयमा नर्स कार्यक्रमका लागि रु ६ करोड ६५ लाख विनियोजन गरेको छ ।