५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक विद्यालय एक नर्स कार्यक्रम विस्तार



अ+ अ-

काठमाडौँ । स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा प्रभावकारी बन्दै गएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लाई प्रदेश नं ३ सरकारले आफ्ना सबै जिल्लामा विस्तार गरेको छ । सामाजिक विकास मन्त्रालयले सो कार्यक्रमअन्तर्गत १३ जिल्लाका १०१ स्थानीय तहमार्फत सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

यसअघि मन्त्रालयले सो कार्यक्रम केही विद्यालयमा कार्यान्वयनमा ल्याइसकेको छ । मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार यसपटक ती स्थानीय तहका १२१ विद्यालयमा नर्सको व्यवस्था गर्न इच्छुक उम्मेदवारको दरखास्त आह्वान गरेकोसमेत गरेको छ ।

सूचनाका अनुसार सिन्धुली आठ, रामेछाप सात, दोलखा आठ, सिन्धुपाल्चोक १०, काभ्रे १२, ललितपुर पाँच, भक्तपुर तीन, काठमाडौ नौ, नुवाकोट १०, रसुवा चार, धादिङ्ग ११, मकवानपुर आठ र चितवन ६ स्थानीय तहका एक विद्यालयमा नर्सको व्यवस्था गरिने छ ।

मन्त्रालयले चालू आर्थिक वर्षमा १२१ विद्यालयमा नर्स कार्यक्रमका लागि रु ६ करोड ६५ लाख विनियोजन गरेको छ ।