काठमाडौं । पाकिस्तानी सेनाको गोलाबारीमा परेर मंगलबार एक भारतीय सेनाको मृत्यु भएको छ।अन्य चारजना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
कृष्णा घाटी सेक्टरमा बिहान भारतीय समयअनुसार ११ बजे आक्रमण भएको हो। पाकिस्तानी आक्रमणपछि भारतीय सेनाले पनि जवाफी कारवाही गरेको थियो।
भारत प्रशासित जम्मु कस्मिरको पुंछ जिल्लास्थित नियन्त्रण रेखा उल्लंघन गरेर पाकिस्तानी सेनाले भारतीय सेनाको क्याम्पमा गोलाबारी गरेको र जाबाफी कारवाही गरिएको भारतीय संचारसंस्था एएनलाईले जनाएको छ।
हाल भारत र पाकिस्तान भारत प्रशासित जम्मु कस्मिरको विषयलाई लिएर विवादमा छन्।