११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध ढंगले नेपालमा कपडा ल्याउने पक्राउ



अ+ अ-

सिरहा । मंगलबार अवैध ढंगले भारतीय मोटरसाईकलमा सीमापारीबाट भित्र्याएको कपडासहित सिरहा प्रहरीले दुइजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सिरहा नगरपालिका १७ का रुपेश यादव र मुन्ना यादव छन् । बिआर ३२ जेड १८९८ नम्बरको भारतीय मोटरसाइकलमा कपडा लिएर आइरहेका यादवद्वयलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि जिल्ला भन्सार माड्र बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी (डिएसपी) अपीलराज बोहराले बताए ।

सोमबार मिर्चैया प्रहरीले ८ सय प्याकेट खैनी (सुर्ती) सहित टेम्पो चालकलाई पक्राउ गरेको थियो । स १ ह ३८५५ नम्बरको टेम्पोमा लोड अबैध खैनीसहित टेम्पो चालक मिर्चैया नगरपालिका ५ का २९ वर्षिय दिपक गोसाईलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय लहानमा बुझाइएको डिएसपी बोहराले बताए ।

सिरहा प्रहरीले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्ने गरेको छ ।