११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलापुञ्ज पाँचौँ बिहीबारदेखि



अ+ अ-

काठमाडौं । सोसाइटी अफ मोडर्न आर्टिष्ट (सोमा)को आयोजनामा बिहीबारदेखि चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्, बबरमहलमा यही भदौ ५–९ गतेसम्म हुने ‘कलापुञ्ज–५’ मा लैनसिंह बाङ्देलका शिष्यहरुको चित्रकला प्रदर्शनी हुने छ ।

प्रदर्शनीमा चिनीकाजी ताम्राकार, शङ्करनाथ रिमाल, शङ्करराजसिंह सुवाल, हेम पौडेल, गोविन्द डङ्गोल, श्यामलाल श्रेष्ठ, हरि खड्का, जीवन राजोपाध्याय, नरेशसुन्दर संैँजुृ, टार्जन साङ्पाङ, रत्नकाजी शाक्य, रमाराज मास्के र कान्ति न्यौपाने तथा दिवङ्गत हीरालाल डङ्गोल, कर्ण मास्के र शान्तकुमार राईका चित्र रहनेछन् । सोमाबाट सम्मानित हुने वरिष्ठ चित्रकार टेकवीर मुखियासमेतका गरी करीब ८५ चित्र प्रदर्शनीमा राखिनेछन् ।

दिवङ्गत तीन कलाकारलाई नेपाली कलाको विकास र सोमाको प्रवद्र्धनमा योगदान गरेवापत मरणोपरान्त सम्मान पनि गरिने सोमाका महासचिव जीवन राजोपाध्यायले जानकारी दिए । विसं २०६४ मा स्थापित सोमाले यसअघि चार प्रदर्शनी सम्पन्न गरिसकेको छ ।

प्रदर्शनीकै क्रममा डा यामप्रसाद शर्माद्वारा कलाकारका व्यक्तित्व र चित्रकारिता समेटी अङ्ग्रेजी भाषामा तयार गरिएको पुस्तक ‘कन्टेम्पोररी नेपाली पेन्टिङ्सः अ डिष्टिङ्कट क्लष्टर’ (समसामयिक नेपाली चित्रकलाः एक पृथक समूह) विमोचन हुनाका साथै कलाकार र कला विकासमा योगदान दिने टेकवीर मुखिया र चिनीकाजी ताम्राकारलाई लैनसिंह बाङ्देलका स्मृतिमा स्थापित ‘आधुनिक कला सम्मान’ दिइने जनाइएको छ । बीसको दशकदेखि नेपालमा आधुनिक चित्रकलाको विकासमा बाङ्देलको महत्वपूर्ण भूमिका छ ।