२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भित्रिमधेसमा झाडापखालाबाट ६५ जना विरामी



अ+ अ-

डडेल्धुरा । जिल्लाको भित्रिमधेस जोगबुढा क्षेत्रमा झाडापखालाको प्रकोप देखिएको छ । वडा नं. ८ को सानखोला र धादलीफाटामा अहिलेसम्म ६५ जनामा झाडापखलाको प्रकोप देखिएको परशुराम स्वास्थ्य शाखाका उपसंयोजक हिक्मत धामीले जानकारी दिएका हुन् । साउन २९ गतेदेखि झाडापखालाको प्रकोप देखिएको थियो । उनले भने, हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं ।

अहिलेसम्म दुई गाउका गरी ६५ जना स्थानियमा झाडापाखलाको संक्रमण देखिएको छ। पाँच जनालाई उपचारका लागि जोगबुडाको लालढुङ्गा बजारमा रहेको अस्पतालमा रेफर गरेका छौ।झाडापखालाको संक्रमण देखिएका ६० जना बिरामीको सादनी स्वास्थ्य चौकी प्रमुख आन्नदकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको उनले बताए ।

गत साउन २९ गते देखि देखा परेको झाडापखालाको प्रकोप अहिलेसम्म नियन्त्रणमा नआएको परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द बोहराले बताए । पाँच बिरामीलाई स्वासथ्यकर्मीको टोलीले जोगबुडा अस्पतालमा रेफर गरेको जनाइएको छ ।

पाँच जना मध्ये मध्ये चार जना अस्पतालबाट उपचार गरी सामान्य अवस्थामा घर फर्केका छन् भने एक जना लाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ।