११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भित्रिमधेसमा झाडापखालाबाट ६५ जना विरामी



अ+ अ-

डडेल्धुरा । जिल्लाको भित्रिमधेस जोगबुढा क्षेत्रमा झाडापखालाको प्रकोप देखिएको छ । वडा नं. ८ को सानखोला र धादलीफाटामा अहिलेसम्म ६५ जनामा झाडापखलाको प्रकोप देखिएको परशुराम स्वास्थ्य शाखाका उपसंयोजक हिक्मत धामीले जानकारी दिएका हुन् । साउन २९ गतेदेखि झाडापखालाको प्रकोप देखिएको थियो । उनले भने, हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं ।

अहिलेसम्म दुई गाउका गरी ६५ जना स्थानियमा झाडापाखलाको संक्रमण देखिएको छ। पाँच जनालाई उपचारका लागि जोगबुडाको लालढुङ्गा बजारमा रहेको अस्पतालमा रेफर गरेका छौ।झाडापखालाको संक्रमण देखिएका ६० जना बिरामीको सादनी स्वास्थ्य चौकी प्रमुख आन्नदकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको उनले बताए ।

गत साउन २९ गते देखि देखा परेको झाडापखालाको प्रकोप अहिलेसम्म नियन्त्रणमा नआएको परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द बोहराले बताए । पाँच बिरामीलाई स्वासथ्यकर्मीको टोलीले जोगबुडा अस्पतालमा रेफर गरेको जनाइएको छ ।

पाँच जना मध्ये मध्ये चार जना अस्पतालबाट उपचार गरी सामान्य अवस्थामा घर फर्केका छन् भने एक जना लाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ।