२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण स्थगित



अ+ अ-

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क भ्रमण स्थगित गरेका छन् । भ्रमण हुनुभन्दा करिब दुई हप्तामात्र बाँकी रहँदा राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत भ्रमण स्थगित गरेको जानकारी गराएका छन् ।

राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्ड खरिद गर्ने विषयमा छलफल गर्न डेनमार्क्स्थित कोपनहेगन भ्रमण गर्ने बताएका थिए । तर डेनमार्कले ट्रम्पको यस विषयलाई कडा आलोचना गरेको थियो ।

ट्रम्पले ट्विटमा लेखेका छन् “ डेनमार्क गजबका मानिसहरु भएको विशेष मुलुक हो । तर, प्रधानमन्त्री मिट्टी फ्रेडरिकसन्सले ग्रिनल्यान्ड बिक्री गर्ने विषयमा चासो नभएको प्रतिक्रिया दिएपछि मैले दुई हप्तापछि तय गरेको डेनमार्क भ्रमण स्थगित गरेको छु ।“

उनले त्यसअघि भनेका छन् प्रधानमन्त्रीले ठूलो रकमको सम्झौताको उपयोग गरेकी छन् । जुन अमेरिका र डेनमार्क दुबैका लागि हितकर हुन्छ भन्दै ट्रम्ले प्रधानमन्त्रिलाइ धन्यवाद दिएका छन् ।