११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेजन वन क्षेत्रमा वर्षकै सबैभन्दा धेरै डढेलो



अ+ अ-

काठमाडौं । ब्राजिलको धेरै पानी पर्ने अमेजन वन क्षेत्रमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेलो लागेको तथ्यांक सार्वजनिक भएको छ । ब्राजिलको अन्तरिक्ष निकाय नेसनल इन्स्टिट्युट फर स्पेस रिसर्च (आइएनपीई) का अनुसार गत वर्षभन्दा यस वर्ष डढेलोको संख्या ८३ प्रतिशतले बढेको देखिएको छ ।

वनमा लागेको डढेलोबाट निस्किएको धुवाँका कारण साओ पाउलो सहरमा दिउँसै अन्धकार भएको थियो । एउटा शक्तिशाली हावाको वेगले रोन्डोनिया र अमेजोनास राज्यमा फैलिएको डढेलोको धुवाँ ल्याएपछि २७ सय किलोमिटर पर रहेको साओ पाउलो सहर करिब एक घन्टा अन्धकार भएको थियो ।

वनविनाशको तथ्यांकबारे विवाद उत्पन्न भएपछि राष्ट्रपति जाइर बोल्सोनारूले आइएनपीईका प्रमुखलाई पदमुक्त गरेको एक हप्तापछि डढेलोसम्बन्धी तत्थ्यांक सार्वजनिक भएको हो । बढ्दो डढेकोका कारण अमेजन आसपासका क्षेत्रमा संकटकाल घोषणा गरिएको छ ।संरक्षणकर्मीहरूले काठ व्यापारी र कृषकहरूलाई जमिन खाली पार्न उनले प्रोत्साहन गरेपछि यस्तो अवस्था सिर्जना भएको आरोप लगाएका छन् ।

गएको बिहीबार यता मात्रै ब्राजिलमा ९ हजार ५०० ओटा डढेलो देखिएकामा ती अधिकांश अमेजन क्षेत्रमा थिए । आइएनपीईले जनवरीदेखि अगस्ट महिनाबीच ७२ हजारओटा डढेलोका घटना पहिचान गरेको उल्लेख गरेको छ ।