१८ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता: झरी



अ+ अ-


एक नासको झरीको आवाज
कानैमा आइरहेछ ।
बाटामा साढेँहरु यताउता दगुर्दैैछन्।
पल्लो घरको छानाको काग निर्थुक्क भिजेको छ ।
छिमेकीको कुकुर मालीक्नीको अघि पछि गर्दैछ ।
आमाले छाडेर गएको बच्चा रोईरहेको सुनिन्छ ।

यस वर्षको झरीले बाटो विगार्यो
बाटोले गाडी विगार्यो ।
अनि गाडीलेचालक बिगार्यो ।
सबैले झरीलाई दोष दिए ।
मान्छे पनि झरीले मार्दो रहेछ ।

बजारमा झरी नपरे पनि
सबै मान्छे भिजेकै देख्छु ।
अत्यास लाग्दा मान्छेहरु ,
घिन लागेर आउँछ ।


कोही भोकले भिजेका छन ।
कोही शोकले भिजेका छन ।

This image has an empty alt attribute; its file name is 68894345_2422343011422898_8195222562012135424_n.png
देवी प्याकुरेल
रामधुनी ६, सुनसरी, हाल दाङ्ग


कोही शहरको तापले भिजेका छन ।
कोही मनको रापले भिजेका छन ।

एउटा कुनामा रहेको भट्टीमा
सदा भन्दा आज धेरै भिडभाड देखिन्छ
मान्छेहरु झरी परेर आएका हुन कि
मान्छेहरु आएर झरी परेको हो
साहु आफै भिजेको छ ।


टाउको गनेर आजको बहिखाता बन्द गर्दैछ
बाहिर तिर हेरेर प्रफुल्ल हुँदै
आकास तिर हेरेर
झरीलाई ढोग्दछ ।
मख्ख पर्दछ
आजको झरीको व्यपार देखेर ।