१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट

नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
अ अ+ अ-

काठमाडाैँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको लाइसेन्स) परीक्षाको नतिजामा ६६ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरिएको थियो ।

६९औँ चिकित्सक लाइसेन्स परीक्षामा यसवर्ष दुई हजार २६३ परीक्षार्थी परीक्षामा सामेल भएकामध्ये एक हजार ५१५ जना मात्र उत्तीर्ण भएका हुन् । नेपाल मेडिकल काउन्सिलले नेपाली मेडिकल कलेजबाट अध्ययन गरेका विद्यार्थीको उत्तीर्ण दर उल्लेखनीय भएको जनाएको छ । विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी अनुत्तीर्ण भएको काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले बताउनुभयो । एमबीबीएसतर्फ नेपालका मेडिकल कलेजबाट सहभागी एक हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना अर्थात् ७६ दशमलव ७९ प्रतिशत उत्तीर्ण भएका छन् ।

चीनबाट अध्ययन गरी आएका १३३ मध्ये २० जना अर्थात् १५ दशमलव ०४ प्रतिशत बङ्गलादेशबाट अध्ययन गरेका ३६७ जनामध्ये १५१ जना अर्थात् ४१ दशमलव १४ प्रतिशत, भारतबाट एमबीबीएस अध्ययन गरेका परीक्षार्थीको उत्तीर्ण प्रतिशत ४२ दशमलव ३१ छ भने फिलिपिन्सबाट अध्ययन गरेका परीक्षार्थीमध्ये २८ दशमलव ५७ प्रतिशत सफल भएका छन् । इजिप्ट, कीर्गिस्तान, रुस तथा युक्रेनबाट अध्ययन गरी आएका परीक्षार्थीमध्ये यसपटक कोही उत्तीर्ण हुन सकेनन् । बीडीएसतर्फ स्वदेशी कलेजकै नतिजा उत्कृष्ट देखिएको छ ।

नेपालका कलेजबाट सहभागी ४०० परीक्षार्थीमध्ये ३४३ जना अर्थात् ८५ दशमलव ७५ प्रतिशत उत्तीर्ण भएका छन् । भारतबाट बिडिएस अध्ययन गरी आएका १७ मध्ये एक जना मात्रै सफल भएका छन् । नतिजाअनुसार एमबीबीएसतर्फ चितवन मेडिकल कलेज ९३ दशमलव १० प्रतिशत नतिजासहित उत्कृष्ट बनेको छ भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९२ दशमलव २१ प्रतिशत तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका ९१ दशमलव ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बिडिएसतर्फ गण्डकी मेडिकल कलेजका शतप्रतिशत विद्यार्थी सफल भएका छन् ।

विदेशबाट अध्ययन गरी आएका परीक्षार्थीको नतिजा कमजोर आउनुको मुख्य कारण भाषागत अवरोध तथा पाठ्यक्रमको भिन्नता रहेको काउन्सिलका निमित्त रजिष्ट्रार डा पाण्डेले बताउनुभयो ।