११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते



अ+ अ-

चितवन । ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चितवन इच्छाकामना गाउँपालिका–४ का २५ वर्षीय राजकुमार प्रजा रहेको छ । नारायणढबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख ५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश नं ३–००–२०० नंको मोटरसाइकललाई इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा गए राति ठक्कर दिदाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल पछाडि बसेका प्रजाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते मोटरसाइकल चालक इच्छाकामना–४ कै २१ वर्षीय लोकेन्द्र प्रजाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।