२३ असार २०८३, मंगलवार
,
Latest
ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी नेप्से परिसूचक २४.५७ अङ्कले बढ्यो प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि ५ अर्ब सुनिश्चित, गृह प्रशासनलाई सुशासनको आधार बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको परिणामलाई स्वीकार गरि निर्वाचित पदाधिकारीलाई सहयोग गर्छु – प्रदीप पौडेल



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदिप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरि निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले पार्टीलाई सुदृढ र संगठित बनाई अघि बढाउने कुरामा सधै साथ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले निर्वाचन परिणाम संगै नेपाली कांगेसमा पुस्तान्तरण भएको भन्दै उहाँले बैचारिक रुपान्तरणका लागि विजयी पदाधिकारीहरुले नेतृत्व लिने विश्वास आफुले लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “म उहाँहरुलाई सहयोग गर्ने, पार्टीलाई सुदृढ बनाउने, संगठित बनाउने र अगाडि बढाउने कुरामा सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।  नेपाली कांगेसमा पुस्तान्तरण भएको छ । अब बैचारिक रुपान्तरणका निम्ति साथीहरुले प्रयास गर्नुहुनेछ नेतृत्व लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । विधि व्यवस्थालाई कडाईका साथ लागु गरेर पार्टी चल्छ भन्ने मेरो विश्वास छ । ”

उहाँले निर्वाचन परिणामले पुरानो र नयाँ नेतृत्वहरुको समिश्रण पार्टीभित्र श्रृजना गराएको देखिएको भन्दै निर्वाचन पछि पार्टीभित्र आमएकता निर्माण हुने परिस्थिति बन्छ भन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।