१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर एक जनाको मृत्यु



अ+ अ-
फाइल फोटो

झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८ दाहालचोकका ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको प्रहरीले जनाएको छ ।

विद्युत्को तार जडान गर्ने क्रममा बुधवार घरमा नै करेन्ट लागेर गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी कचनकवल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा ६० वर्षीय रामलाल मुर्मू मृत अवस्थामा फेला परेका छन् । मादक पदार्थ सेवन गरी बाटोमा सुतेको अवस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।