७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर एक जनाको मृत्यु



अ+ अ-
फाइल फोटो

झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८ दाहालचोकका ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको प्रहरीले जनाएको छ ।

विद्युत्को तार जडान गर्ने क्रममा बुधवार घरमा नै करेन्ट लागेर गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी कचनकवल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा ६० वर्षीय रामलाल मुर्मू मृत अवस्थामा फेला परेका छन् । मादक पदार्थ सेवन गरी बाटोमा सुतेको अवस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।