५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित दुई युवक पक्राउ



अ+ अ-

लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित दुर्गा मन्दिर नजिकबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–८ का २५ वर्षीय राहुल साह र सोही ठाउँका १८ वर्षीय बिकल पञ्जियार रहेको छ ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुको साथबाट लागुऔषध १६ ट्यावलेट नाइट्रोभेट ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले लहान नगरपालिका–११ बाटिका नजिक रहेको पर्मानन्द चौधरीको खाजा पसलबाट अवैध घरेलु मदिरा ३० लिटर र ५० केजी कच्चा पदार्थ नियन्त्रणमा लिई आज बिहान नष्ट गरेको जनाएको छ ।

त्यस्तै सिरहा नगरपालिका २, ६ र ७ मा रहेको मदिरा भट्टी पसलबाट करीब १० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको प्रहरीले जनाएको छ ।