११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कप क्रिकेट: रोहितकुमारको कप्तानीमा नेपाली टोली घोषणा



अ+ अ-

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ ।

सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए ।यसअघि टोलीमा परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीाबाट बाहिरिएका छन् ।

यस्तै टोलीमा ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान छन् । यस्तै कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा परेका छन् ।

स्थानीय टिमसँग केही अभ्यास खेल खेल्न नेपाली किशोर टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ।

एसिया कप भने १९ भदौबाट सुरु हुनेछ । समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् भने आयोजक श्रीलीकासँगै नेपाल, बंगलादेश र यूएई समूह बीमा छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले २० भदौमा घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि नेपालले २२ भदौमा बंगलादेश र २४ भदौमा यूएईसँग खेल्नेछ ।