काठमाडौं । प्रधानमनत्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गर्ने सहमति भएको छ ।यसअघि पार्टी सचिवालयको बैठक दुवै अध्यक्षहरूको उपस्थितिमा हुँदै आएको थियो। ओली र प्रचण्डले यसअघिका बैठकहरू सहअध्यक्षतामा सञ्चालन गर्दै आएका थिए।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि प्रचण्डले पार्टी बैठक चलाउन सक्ने र एकताको बाँकी काम पूरा गर्ने निर्णय गरेपछि प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको हो।
प्रधानमन्त्री ओली उपचारका लागि आज बिहीबार सिंगापुर जाँदैछन् । उनको सिंगापुर बसाई कम्तिमा ९र१० दिन हुने बताइएको छ ।ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डले बैठक बोलाउने र सांगठनिक एकीकरण लगायतका विषयमा निर्णय गर्ने सहमति सचिवालय बैठकमा भएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘अध्यक्ष प्रचण्डले छिट्टै बैठक बोलाउनु हुन्छ ।’
उनले प्रचण्डको अध्यक्षतामा छिट्टै बैठक बस्ने पनि बताएका छन्।