२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको अनुपस्थितिमा नेकपा सचिवालय बैठक प्रचण्डले चलाउने



अ+ अ-

काठमाडौं । प्रधानमनत्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गर्ने सहमति भएको छ ।यसअघि पार्टी सचिवालयको बैठक दुवै अध्यक्षहरूको उपस्थितिमा हुँदै आएको थियो। ओली र प्रचण्डले यसअघिका बैठकहरू सहअध्यक्षतामा सञ्चालन गर्दै आएका थिए।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि प्रचण्डले पार्टी बैठक चलाउन सक्ने र एकताको बाँकी काम पूरा गर्ने निर्णय गरेपछि प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको हो।

प्रधानमन्त्री ओली उपचारका लागि आज बिहीबार सिंगापुर जाँदैछन् । उनको सिंगापुर बसाई कम्तिमा ९र१० दिन हुने बताइएको छ ।ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डले बैठक बोलाउने र सांगठनिक एकीकरण लगायतका विषयमा निर्णय गर्ने सहमति सचिवालय बैठकमा भएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘अध्यक्ष प्रचण्डले छिट्टै बैठक बोलाउनु हुन्छ ।’

उनले प्रचण्डको अध्यक्षतामा छिट्टै बैठक बस्ने पनि बताएका छन्।