१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

अब्दल्ला हाम्डोक सुडानका नयाँ प्रधानमन्त्री नियुक्त

अब्दल्ला हाम्डोक सुडानका नयाँ प्रधानमन्त्री नियुक्त
अ अ+ अ-

खार्तुम । सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका अब्दल्ला हाम्डोकले बुधबार सपथ लिएका छन् । प्रधानमन्त्री हाम्डोकले सार्वभौम परिषदका अध्यक्ष एवं सुडानी सेनापति अब्देल फताह अल–बुरहान समक्ष सपथ लिएका हुन् । मुलुकका प्रधान न्यायाधीश समेतको समुपस्थितिमा राजधानी खार्तुमको राष्ट्रपति कार्यालयमा सपथ ग्रहण समारोह सम्पन्न भएको थियो ।

हाम्डोकले विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सबाट छनौट गरिने २० जनालाई मन्त्रिपरिषदमा समावेश गर्नेछन् । नयाँ मन्त्रीहरुले आगामी अगस्ट २८ मा सपथ लिनेछन् । यसअघि अल–बुरहानले संविधान बमोजिम सार्वभौम परिषदको अध्यक्षको सपथ लिएका थिए । सुडानको संक्रमणकालीन सैनिक परिषद (टिएमसी) र विद्रोही फ्रिडम एन्ड चेन्ज एलायन्सबीच हालै सम्पन्न सम्झौता बमोजिम सार्वभौम परिषद ११ सदस्यीय हुनेछ ।

उक्त परिषदमा टिएमसीका पाँच जना सैनिक, पाँच जना विद्रोहीका सदस्यहरु र दुबै पक्षको परामर्शमा एक जना सदस्य रहनेछन् । सार्वभौम परिषदको गठन लगत्तै टिएमसी विघटन भएको छ । गत अप्रिल ११ मा पूर्व राष्ट्रपति ओमार अल–बासिर सत्ताच्यूत भएसँगै सेनापतिको अध्यक्षतामा गठित टिएमसीले संक्रमणकालीन व्यवस्थापन गरिरहेको थियो ।

खार्तुम विश्वविद्यालयबाट बिएस्सी र बेलायतको म्यान्चेस्टरबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका हाम्डोकले सन् १९८० को दशकमा अर्थ मन्त्रालयमा वरिष्ट अधिकारीका रुपमा कार्य गरिसकेका छन् । सन् १९९० को दशकमा हाम्डोकले निजी कम्पनीका साथै जिम्बाब्बेमा अन्तर्राष्ट्रिय श्रम संगठनका तर्फबाट वरिष्ट अधिकारीका रुपमा काम गरेका थिए ।

उनीसँग आइभरीकोष्टमा अफ्रिकी विकास बैंकमा धेरै वर्ष काम गरेको अनुभव छ । सन् २०१८ सेप्टेम्बरमा हाम्डोकलाई पूर्व राष्ट्रपति ओमार अल–बासिरले अर्थमन्त्रीका रुपमा प्रस्ताव गर्नुभएको थियो, तर उहाँले बासिरको प्रस्तावलाई अस्वीकार गरेका थिए ।