काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रदेश प्रहरीलाई चाहिने जति प्राप्त अधिकार दिएको बताएका छन् । बिहीबार राष्ट्रिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन् ।
सांसदहरूले प्रहरी विधेयक विरोधाभाष भएको बताएका पछि उनले भने– ‘प्रदेशहरूलाई दिने अधिकारहरू, उनीहरूले प्राप्त गर्ने अधिकारहरू जति चाहिएको छ त्यति दिइएको छ ।’ उनले कुनै पनि तरिकाले प्रदेशहरूको अधिकारलाई अतिक्रमण गर्ने विधेयकले प्रयत्न नगरेको बताए ।
प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा प्रदेश प्रहरीकै हुने बताउदै उनले अधिकार क्षेत्रका आधारमा अधिकार बिभाजित गरेको बताए । तर कतिपय यस्ता कुराहरूमा, परिस्थितिहरूमा प्रदेश प्रहरीले शान्ति सुरक्षा कायम गर्ने कुरामा पनि नेपाल प्रहरीको भूमिका हुन्छ ।’ गृहमन्त्री थापाले भने , ‘यहाँ दोहोरो भूमिकामा पनि हुन्छ, अपराध अनुसन्धकोको क्रममा पनि प्रदेश प्रहरीलाई अधिकार छ, त्यसैले अतिक्रमण गरिएको छैन ।