११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार लामिछानेको समर्थनमा जुलुस र सरकारको विरोध नगर्न नेकपाको आह्वान



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटिले चितवनमा पत्रकार रवि लामिछानेका समर्थकहरुले गरिरहेको प्रर्दशनप्रति आप्पती जनाएका छन् ।

हिजो (बुधबार) एक प्रेस विज्ञप्ती जारी गदै पत्रकार शालिकराम पुडासैनीको हत्याको बिषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताउदै आम जनताहरुले आवरण गणतन्त्रको विरोघ,परिर्वतन विरोधी, पुर्नउत्थानवादी तत्व लगायताकाहरुको आफ्नो कुत्सित मनासाय राखेर घटनालाई अन्तै मोडन लागेको आरोप लगाएका छन् ।

विज्ञप्तीमा भनिएको छ-‘ घटनालाई अनावश्य रुपमा उछाल्ने, अराजकता सिर्जना गर्ने र सम्रग परिर्वतन माथि धावा बोल्दै प्रतिगामी हर्कत मार्फत नेपाली जनताको बलिदानी पूर्ण संघषर््ाबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र र यसको मूल नेतृत्वलाई कमजोर तुल्याई सम्रग परिर्वतनलाई उल्टयाउन खोज्ने गलत उदेश्यबाट संचालित कथिर विरोध प्रर्दशन धमिलो पानीमा माछा मार्ने प्रतिक्रियावादी र घोर दक्षिणपथि गतिबिधि बाहेक केहि होइन ।’

अराजक उत्श्रंखल कार्य संलग्न नहुन, सामाजिक संजालमा पनि विरोधी कुरा नलेख्न र समाजमा शान्ति सुव्यवस्था कायम गर्न विज्ञाप्ती मार्फत आह्वान गरिएको छ ।