५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले चार विश्वविद्यालयमा कामु उपकुलपति तोक्यो, त्रिविमा त्रिपाठी



अ+ अ-

काठमाडौं । सरकारले चार विश्वविद्यालयमा कामु उपकुलपति तोकेको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको हो ।

चारवटै विश्वविद्यालयका उपकुलपतिहरुको म्याद सकिएकाले कुलपति एवम् प्रधानमन्त्री, सहकुलपति एवम् शिक्षामन्त्रीसहितको बैठकले कामु उपकुलपतिको जिम्मेवारी दिएको हो ।

त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर सुधा त्रिपाठीले पाएकी छन् ।यस्तै कृषि तथा वन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा सिनियर डिन शारदा थपलियालाई दिइएको छ ।

बैठकले संस्कृत विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर रमेश ढकाललाई र पूर्वाञ्चलको कामु उपकुलपतिको जिम्मा सिनियर डिन विजुकुमार थपलियालाई दिएको छ ।