५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई कारबाहीमा बीस तालिबानको मृत्यु



अ+ अ-

मजार इ सरिफ । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको छ । अफगानिस्तानको हवाई सैन्य बलले सो कारबाही गरेकोे अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ ।

त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा ती तालिबानमाथि हमला भएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त क्षेत्रमा रहेको तालिबानहरुको आश्रयस्थलका साथै उनीहरुका अन्य आवश्यक सामग्रीहरु पनि सो कारबाहीका क्रममा नष्ट गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये बाल्ख पनि तालिबानहरुको सबैभन्दा धेरै तालिबानहरुको प्रभाव रहेको क्षेत्रमा पर्ने गर्दछ । त्यसैले सो क्षेत्रमा अफगान सेनाले बारम्बार सैन्य कारबाही गर्ने गरेको छ ।