११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राष्ट्रपति ओबामा र उनकी पत्नी मिसेलको हलिउडमा डेब्यू



अ+ अ-

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले हलिउडमा डेब्यू गरेका छन् । वृत्तचित्र ‘अमेरिकन फ्याक्ट्री’ मार्फत उनीहरुले हलिउडमा डेब्यू गरेको रोयटर्सले जनाएको छ ।

जनरल मोटर्सको प्लान्ट रहेको ठाउँमा चिनिया कम्पनी स्थापना भएको र त्यसपछिका घटनाक्रम समेटिएको वृत्तचित्र नेटफ्लिक्स र हाइअर ग्राउण्डले उत्पादन गरेको हो ।

वृत्तचित्रमा सन् २००८ को आर्थिक मन्दीका क्रममा ओहायोमा रहेको मोराइनमा अटो क्षेत्रबाट पलायन भएका कामदारको कथा छ । जुन कामदारलाई ६ वर्षपछि चिनियाँ कम्पनी फुयायो ग्लासले फेरि काममा राखेको थियो । मानिसहरुले अरु कसैको जीवनलाई नजिकबाटै हेरुन र बुझुन भन्ने आफूहरुले चाहेको पनि बाराक ओबामाले बताए ।

‘एउटा राम्रो कथाले कसैको जीवन राम्रोसँग बुझ्ने अवसर प्रदान गर्दछ । यसले तपाईँलाई साझा ठाउँ भेट्टाउन समेत सहयोग पुर्याउनेछ । त्यसैले मिसेल र म हाइअर ग्राउण्डमार्फत पहिलो फिल्म ल्याएका हौँ’, अमेरिकी पूर्व राष्ट्रपति ओबामाले बुधबार ट्वीट गरेका छन् ।

मिसेल ओबामाले फिल्मको सुरुको कारखानामा काम गरिरहका कामदारको दृश्यले आफूलाई निकै तानेको बताइन् । उनले आफ्नो र आफ्ना बुवाको पृष्ठभूमि पनि त्यही भएको बताइन् । वृत्तचित्र जुलिया रिचर्ट र स्टेभन बोग्नारले बनाएका हुन् ।