१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

पूर्व राष्ट्रपति ओबामा र उनकी पत्नी मिसेलको हलिउडमा डेब्यू

पूर्व राष्ट्रपति ओबामा र उनकी पत्नी मिसेलको हलिउडमा डेब्यू
अ अ+ अ-

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले हलिउडमा डेब्यू गरेका छन् । वृत्तचित्र ‘अमेरिकन फ्याक्ट्री’ मार्फत उनीहरुले हलिउडमा डेब्यू गरेको रोयटर्सले जनाएको छ ।

जनरल मोटर्सको प्लान्ट रहेको ठाउँमा चिनिया कम्पनी स्थापना भएको र त्यसपछिका घटनाक्रम समेटिएको वृत्तचित्र नेटफ्लिक्स र हाइअर ग्राउण्डले उत्पादन गरेको हो ।

वृत्तचित्रमा सन् २००८ को आर्थिक मन्दीका क्रममा ओहायोमा रहेको मोराइनमा अटो क्षेत्रबाट पलायन भएका कामदारको कथा छ । जुन कामदारलाई ६ वर्षपछि चिनियाँ कम्पनी फुयायो ग्लासले फेरि काममा राखेको थियो । मानिसहरुले अरु कसैको जीवनलाई नजिकबाटै हेरुन र बुझुन भन्ने आफूहरुले चाहेको पनि बाराक ओबामाले बताए ।

‘एउटा राम्रो कथाले कसैको जीवन राम्रोसँग बुझ्ने अवसर प्रदान गर्दछ । यसले तपाईँलाई साझा ठाउँ भेट्टाउन समेत सहयोग पुर्याउनेछ । त्यसैले मिसेल र म हाइअर ग्राउण्डमार्फत पहिलो फिल्म ल्याएका हौँ’, अमेरिकी पूर्व राष्ट्रपति ओबामाले बुधबार ट्वीट गरेका छन् ।

मिसेल ओबामाले फिल्मको सुरुको कारखानामा काम गरिरहका कामदारको दृश्यले आफूलाई निकै तानेको बताइन् । उनले आफ्नो र आफ्ना बुवाको पृष्ठभूमि पनि त्यही भएको बताइन् । वृत्तचित्र जुलिया रिचर्ट र स्टेभन बोग्नारले बनाएका हुन् ।