२१ भाद्र २०८३, आईतवार
,
Latest
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से झिनो अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । यस साता धितोपत्र बजारका कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रहेको छ । साताको अन्तिम दिन आज नेप्सेमा झिनो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९९ बिन्दुले घटेर एक हजार २१३.०६ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२९ बिन्दुले बढेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ ।

कूल १७२ कम्पनीको १० लाख ७७ हजार ७२० कित्ता शेयर रु २६ करोड १६ लाख ७० हजार २०३ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका १२ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लागेको छ भने चार उपसमूहको शेयर बढेको छ । बैंकिङ ०.७१, व्यापार ४.८२, विकास बैंक ५.१६, जलविद्युत् २.८६, वित्त ३.७६, निर्जीवन बीमा ४२.०१, उत्पादन ५.११ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ ।

यस्तै होटल ११.१६, अन्य २.३, लघुवित्त १.१७ र जीवन बीमा ६.३ बिन्दुले बढेको छ । कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ९१ लाख ४० हजार ८११ बराबरको कारोवार भयो ।

यस्तै प्रभु बैंक रु एक करोड ६६ लाख ७७ हजार ५५१, कृषि विकास बैंक रु एक करोड २० लाख ७३ हजार १६६, देवः विकास बैंकको संस्थापक शेयर रु ९८ लाख ६२ हजार ३५०, नेपाल बैंक लिमिटेड रु ८७ लाख ८७ हजार ७४६, नेपाल इन्भेस्टमेन्ट बैंक रु ७९ लाख ५७ हजार ७४३ र महालक्ष्मी विकास बैंक रु ७४ लाख १६ हजार ६५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९६ प्रतिशतले कमाए । यस्तै सिभिल लघुवित्त वित्तीय संस्था ५.४२, दिव्यश्वरी हाइड्रोपावर ५.२६, रिडी हाइड्रोपावर ४.७६, नबिल इक्विटी फण्डका लगानीकर्ताले ३.८४ प्रतिशतले कमाए ।

यस्तै सिर्जना फाइनान्स ४.७४, विशाल बजार कम्पनी ३.६७, नेपाल इन्स्योरेन्स कम्पनी ३.२४, लक्ष्मी भ्याल्यू फण्ड ३.१७ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.७३ प्रतिशतले गुमाए ।