११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश डुबाउनेगरि खर्च हुँदैन्: डा. काफ्ले



अ+ अ-


काठमाडौं । काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै बरिष्ठ मृगौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रिटेनाईन बढेकोले सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने विश्वास दिलाए । एन्टिबडीको मात्रा घटाउन सकियो भने स्वास्थ्य अवस्था राम्रो हुने उनको भनाई छ । डा. काफ्लेले मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्ति उपचार गर्न जाँदा नकरात्मक टिप्पणी गर्न नहुने आशय व्यक्त गरे । उनले भने,‘देश डुबाउनेगरि खर्च हुँदैन् ।

यो खर्चिलो उपचार होईन ।’ यद्धपी उनले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था के–कस्तो छ ? भन्ने कुरा नेपाली जनताले थाहा पाउनुपर्ने बताए । उनले नेपाली जनतालाई निःशुल्क डाईलाईसको सुविधा दिलाउने कामको जसपनि वर्तमान प्रधानमन्त्री ओलीलाई जाने बताए ।
डा. काफ्लेले एन्टीबडी बढेर जानु भनेको खतरानाक भएको टिप्पणी गर्दै यस्तो अवस्थामा साधारण औषधीले पनि काम नगर्ने जनाए ।

तर, प्लाज्माफेरिसिस मार्फत एन्टीबडी नर्मल गर्न सकिने उनले बताए । एक सेसन गर्दा नेपालमा ७० देखि ८० हजार रुपैयाँ लाग्ने बताए । उनकाअनुसार कम्तिमा पनि ६ पटक गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको मुटु, कलेजोलगायतका महत्वपूर्ण अंगहरु राम्रो भएकोले पूनः मृगौला प्रत्यारोपणपनि हुनसक्ने काफ्लेले बताए ।