११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् सरकारले हेरफेर गरेका मन्त्रालयका सचिवहरु



अ+ अ-

काठमाडौं । सरकारले विभिन्न मन्त्रालयका सचिव तथा प्रदेशस्थित प्रमुख सचिवलाई सरूवा गरेको छ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सचिवहरू सरूवा गरिएको जानकारी दिए।

शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा गरिएको छ भने शिक्षामा महेशप्रसाद दाहाललाई पठाइएको छ।

यता संस्कृति पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई सरूवा गरी सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ।

यस्तै राष्ट्रिय सतर्कता केन्द्रबाट माधव बेल्वासेलाई खानेपानी मन्त्रालय पठाइएको छ। उद्योग मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन मन्त्रालय सरूवा गरिएको छ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्मालाई शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि हेर्ने गरी सरूवा भएको छ।

भूमी व्यवस्था मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक कार्यालय सरूवा गरिएको उनले बताए।

राष्ट्रपति कार्यालयबाट विनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ।

विगेन्द्रराज शर्मा पौडेल सार्वजनिक खरिद अनुगमनबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरूवा गरिएको हो।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रहेका सचिव बैकुण्ठ अर्याललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ।

सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ।

प्रदेश नम्बर ५ मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव तीर्थराज ढकाललाई प्रधानमन्त्री कार्यालय सरूवा गरिएको हो।प्रमुख सचिव रहेका आनन्दराज ढकाललाई लोक सेवा आयोग सरूवा गरिएको छ।

लोक सेवा आयोगबाट महेन्द्र गुरागाईंलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरूवा गरिएको छ।महालेखा नियन्त्रक कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पठाइएको छ।

मन्त्रिपरिषद् कार्यालयका सचिव हरि पौडेललाई राष्ट्रपति कार्यालय पठाइएको छ।