११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वटा वडामा एउटै सचिव



अ+ अ-

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ । एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने गरेको वडा नं ३ का वडा सचिव होमप्रसाद रिजालको भनाइ थियो ।

एउटै सचिवले तीन वटा वडामा सेवा दिनु परेका कारण घोडाघोडी नगरपालिकाका वडाहरूको काम अस्तव्यस्त पाइएको छ । वडा सचिवहरूले दिन बिराएर सेवाग्राहीलाई सेवा दिइरहनु परेको छ । सेवाग्राहीहरूलाई कुन वडामा कुन बार सचिव आउने जानकारी नहुँदा निकै सास्ती हुने गरेको छ ।उक्त नगरपालिका–५ का सचिव होमप्रसाद रिजालले वडा नं ३ र ७ नंको पनि काम गरी रहेका छन् ।

त्यस्तै ४ र ९ को जिम्मेवारी हेमकान्त सुवेदी, २ र ६ को जिम्मेवारी विष्णुप्रसाद चौधरीले र वडा नं १० र ११ को जिम्मेवारी धनीराम चौधरीले बहन गरी राख्नुभएको छ । नगरपालिकाको वडा नं १, ८ र १२ मा वडा सचिव भए पनि बाँकी वडामा भने २ देखि ३ वडाको जिम्मेवारी एउटै सचिवले लिनुपर्ने बाध्यता रहेको स्वीकार गर्दै अब छिट्टै यो समस्या समाधान गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताए।