५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ करोड बराबरको कोकिनसहित एक विदेशी पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले करिब ५ करोड नेपाली रुपैयाँ बराबरको कोकिनसहित एक विदेशी आइभेरिकोष्टका नागरिक राहदानी नंं. १८एटी९५५१४ बाहक ३५ वर्षीय मार्केल गुली पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा बुधबार दिउँसो पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले बताए ।

उनका अनुसार, कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं आएका उनको साथमा एक किलो ६ सय ग्राम लागूऔषध कोकिन बरामद भएको थियो । ‘विमानस्थलको भन्सार अगाडि फेला पारेर उनको साथमा भएको निलो रङको सुटकेश खानतलासी गर्दा फल्सबटम बनाएर लुकाइएको अवस्थामा कोकिन भेटिएको थियो’, प्रसाईंले भने ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी अन्तर्राष्ट्रिय लागूऔषध कारोबारमा संलगन रहेको देखिएको प्रसाईंले बताए । उनीविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।