११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिगमनको खतरा अरुबाट होइन सरकारबाटै छ– सहमहामन्त्री डा.महत



अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले देशमा प्रतिगमनको खतरा अरुबाट नभएर सरकारबाटै भएको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा सुर्खेतमा आयोजित महाधिवेशन प्रतिनिधिका लागि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा डा.महतले सो धारणा राखेका हुन् ।


दुई दिनअघि प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकको आयोजना गरेर देशमा प्रतिगमनको खतरा बढेको संकेत गरेको प्रसंग उल्लेख गर्दै डा.महतले भने– प्रधानमन्त्रीले कोबाट यस्तो खतरा देख्नुभो त्यो त थाहा भएन, तर हामी भन्छौँ देशमा प्रतिगमनको खतरा सरकारबाटै छ ।
सहमहामन्त्री डा.महतले हिजो काँग्रेस कहाँ छ भनेर तौलिएर बोल्ने प्रधानमन्त्रीले आज काँग्रेसलाई बैठकमा बोलाएर प्रतिगमनको खतराको बयान गर्नुले सरकारलाई आफ्नै काम कारबाहीप्रति सन्तुष्टि नभएको र सरकार कुन बाटोबाट हिँडिरहेको छ भन्ने कुरा पनि देखाएको उनको भनाई थियो ।

उनले गर्दै नगरेको कामलाई पनि पहाडजत्रो बनाएर प्रचार गर्ने कम्युनिष्टहरुसँग लड्न नेपाली काँग्रेस एक भएर लाग्नुपर्नेमा जोड दिए । काँग्रेस अब आगामी निर्वाचनसँग त्यसै नबस्ने र प्रत्येक नेपालीको घरघरमा पुगेर आफ्नो विचार, काम र सिद्धान्तको बारेमा जानकारी दिने उनले बताए ।
काँग्रेसको जारी प्रशिक्षण आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पाटी बनाउनका लागि हो भन्दै सहमहामन्त्री डा.महतले अगाडि भने– कम्युनिष्ट सरकारको शैली देखेर नै नेपाली जनताले आफ्नो धारणा त बनाइसकेका छन् तर पनि यो समय कम्युनिष्टहरुको दुष्प्रचारका विरुद्ध जनता जगाउने बेला हो र काँग्रेसको कुनै पनि कार्यकर्ता बिसाउने बेला होइन ।


यसअघि पनि भोट प्रतिशतका आधारमा काँग्रेस पहिलो पाटी नै भएको स्मरण गर्दै डा.महतले हाम्रो भोट प्रतिशतको आकार अझै बृद्धि गर्न अबका दिनमा काँग्रेस एक ढिक्का भएर तदारुकताका साथ लाग्नुपर्नेमा उनले जोड दिए । काँग्रेसको विचार, नीति र कार्यक्रमहरु ठीक छन्, हामीले गरेका कामहरु उत्कृष्ट छन् तर पनि हामीले आफूले गरेको कामकै जानकारी लिएर पनि जनतामा जान नसकेका कारण काँग्रेस पछि पर्नुपरेको प्रसंग उनले उल्लेख गरे ।

एक प्रसंगमा उनले अबको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पाटीबाट हुनबाट कसैले पनि रोक्न नसक्ने धारणा पनि राखे । कर्णालीमा पर्यटन, कृषि, जलस्रोत र जडिबुटीमा अत्यधिक सम्भावना रहेको र यो प्रदेश नेपालका अरु प्रदेशभन्दा समृद्ध शाली रहेको भन्दै डा.महतले काँग्रेसको नेतृत्वमा मात्र कर्णाली प्रदेश देशको सबैभन्दा समृद्धशाली प्रदेश बन्ने बताए ।